काठमाडौँ – नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ५ सय ६२ पीसीआर परिक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ र त्यस्तै थप ४६ संक्रमित निको भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।