आकर्षक व्यक्तित्व प्रत्येक व्यक्तिको चाहाना हो । यसका लागि हामीले आफ्नो दक्षतासंगसंगै शारीरिक स्वास्थ्य पनि उचित ध्यान दिनुपर्ने हुन्छ । यस्तै, आकर्षक व्यक्तित्वका लागि व्यक्तिको शरीरमा आउने गन्ध वा बास्नाले पनि उत्तिकै प्रभाव पारिरहेको हुन्छ ।


ADVERTISEMENT


हामीमध्येले धेरैले याद गरेका छौँ, उचित सरसफाईका बाबजुद पनि कतिपय व्यक्तिको शरीरबाट एक किसिमको नमिठो गन्ध आइरहेको हुन्छ । अंग्रेजीमा ‘बडी ओडर’ पनि पनि भनिने यस्ता समस्याले व्यक्तिका वरपर सो गन्ध त फैलाउँछ नै संगै व्यक्ति स्वयम्को आत्मबल पनि कमजोर पारिदिन्छ । यसरी व्यक्तिको शारीरिक, मानसिक र सामाजिक पक्षमा समेत असर पुर्‍याउने यस्ता समस्या व्यक्तिमा आखिर कसरी देखिन्छ त ? के हो यसको उपचार ?


ADVERTISEMENT

# # #


चिकित्सा विज्ञानका अनुसार, शरीरबाट निस्कने गन्ध शरीरबाट निस्कने गन्ध मानिसका विभिन्न स्वास्थ्य समस्यामध्येकै एक हो । यद्यपि यसका कारणहरु भने व्यक्तिका विभिन्न पक्षहरुसंग सम्बन्धित छन् ।

यसका कारणहरु

व्यक्तिको खानपिन शैली

हामीले दैनिक खानामा प्रयोग गर्ने लसुन, प्याज, अचारलगायत केही खानेकुरा छन् जुन स्वाद एवम् शरीरका लागि फाइदाजनक भएपनि धेरै प्रयोगका कारण मुख मात्र गन्हाउने होइन समग्र शरिरबाटै नमिठो गन्ध आउछ । यी खानेकुराबाट प्राप्त पोषण तत्व रक्तनलीमा पुगेपछि डकार, पसिना, पिसाब तथा बीर्यबाट गन्ध आउछ । ब्रोकाउली, बन्दालगायत धेरै सल्फरपाइने सागसब्जीमा दुर्गन्ध निम्त्याउने तत्व हुन्छ, जुन पसिनामार्फत शरिरबाहिर आउछ । धेरै मासु र न्यून कार्बोहाईड्रेडयुक्त खानेकुरा खाएमा पनि गन्ध आउछ । त्यस्तै, धेरै पियक्कड मानिसको पसिनाबाट दुर्गन्ध आउने गर्छ ।

आणुवंशिक समस्या

पनि शरिरको दुर्गन्ध विज्ञहरुका अनुसार केही मानिसमा वंशाणुगत कारण पैतालामा पसिना आउछ । ती पसिनामा ‘माइक्रोकोकस सिडेनटेरिएस’ नामक ब्याक्टेरिया हुन्छ जसले समग्र शरिर नै दुर्गन्धित बनाइदिन्छ । कसैको शरीरमा ‘टि«मिथाईलाम्युनिरिया’ नामक तत्व हुन्छ जसका कारण मानिसको शरिरबाट माछाको जस्तै गन्ध आउछ । यस्तो गन्ध मानिसको सास, पसिना, र पिसाबबाट आउँछ ।

लामो समयसम्म भित्री वस्त्र परिवर्तन नगर्नाले

शरिर गन्हाउनमा केही हदसम्म व्यक्तिले प्रयोग गर्ने भित्रीवस्त्रको पनि उत्तिकै महत्वपूण भूमिका रहन्छ । केही व्यक्तिहरुले एउटै वस्त्र दुई÷तीनदिन लगातार प्रयोग गर्ने गर्छन् । तर, शरीरको भित्री भागमा धेरै पसिना आउने हुँदा यसले पनि शरीर गन्हाउने समस्या उत्पन्न गर्छ । त्यसैगरि, महलिाहरुले प्रयोग गर्ने ब्राको सन्दर्भमा भन्नुपर्दा केही ब्रामा दुर्गन्ध निम्त्याउने फर्म प्रयोग गरिएको हुन्छ, जसका कारण ब्रा छिटो गन्हाउछ ।

मानसिक स्वास्थ्यको भुमिका पनि उत्तिकै

चिन्तारोग वा डिप्रेसन चिन्ता लिने मानिस मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि रोगी हुन्छन् । हाम्रो शरिरमा विभिन्न प्रकारका पसिना उत्पादन हुन्छन् । विज्ञहरुका अनुसार चिन्ता वा निराश लिने मानिसको शरिरबाट एउटा पृथक प्रकारको पसिना आउछ, जसका कारण शरिरबाट नमिठो बासना आउछ । चिन्ता लिने मानिसको शरिरको एप्रोक्राइन ग्रन्थीबाट आउने पसिनाले शरीरलाई नै दुर्गन्धित बनाइदिन्छ । यस्तो गन्ध प्रायजसो शरिरमा पसिना नहँुदा आउछ । यो पसिनामा छिटै ब्याक्टेरिया उत्पन्न हुन्छ ।

मधुमेह

वर्तमान समयमा अधिकांश बिरामीमा देखिने गरेको मधुमेह रोग पनि शरीरबाट दुर्गन्ध पैदा गर्ने एक प्रमुख कारण हो । यस्ता बिरामीको शरीरमा पर्याप्त इन्सुलिनको अभावमा शरीरले उर्जाको लागि धेरै फ्याट उपयोग गर्छ । यसरी फ्याट बढी उपयोग हुँदा ‘केटोन्स’ नामक तत्व उत्पादन हुन्छ जसले गर्दा शरीरमा दुर्गन्ध उत्पन्न गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्छ ।

रोकथाम तथा उपचार

कुनै पनि समसयाबाट राहत पाउनका लागि व्यक्तिहरु सर्वप्रथम आफुमा उक्त समस्या के कारणले देखा परेको हो भन्ने निचोड निकाल्नु पर्छ । त्यसपश्चात् सो कारणहरुलाई नियन्त्रण गरेर उक्त समस्यलाई कम गर्न सकिन्छ ।

त्यस्ता व्यक्तिले आफ्नो गुणस्तीयर जीवनशैलीमा ध्यान दिदैँ स्वस्थ्य आहारलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । तर, यति गर्दागर्दै पनि समस्या नहटेमा व्यक्तिले सम्बन्धित चिकित्सकसंग सल्लाह लिनुपर्छ ।