काठमाडौं –  हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भू-भागमा हल्का वर्षा भइरहेको छ। । देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।


ADVERTISEMENT


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


ADVERTISEMENT

# # #


आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ।