चितवन – नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक  सन्दिप भण्डारीको अगुवाइमा चितवनमा पुष्प वाटिका पार्कमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


शनिबार भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा रहेको पुष्प वाटिका पार्कमा सरसफाइ तथा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा महानिरीक्षक   भण्डारी, रामनगर पुष्पवाटिकाका पदाधिकारीहरू, स्थानीय समाजसेवीहरू, प्रहरी कर्मचारी, प्रशिक्षार्थी तथा स्थानीय नागरिकहरुको सक्रिय सहभागिता रह्यो ।

रामनगरस्थित पुष्प वाटिका पार्क वाह्य तथा आन्तरिक पर्यटन विकासको लागि एक महत्वपूर्ण गन्तव्य हुने महानिरीक्षक भण्डारीले बताए ।

कार्यक्रमका तस्बीरहरु :