काठमाडौं – आर्थिक वर्ष २०७८-७९ मा व्यापार घाटा अघिल्लो आवको तुलनामा झन्डै २५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८-७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रूपैयाँ बराबरको सामान आयात हुँदा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रूपैयाँ बराबरको मात्र निर्यात भएको हो । यद्यपी आर्थिक वर्ष २०७७-७८ को तुलनमा निर्यात झन्डै ४२ प्रतिशतले बढेको देखिन्छ ।


ADVERTISEMENT


आव २०७८-७९ व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार पुगेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी भारतसँग रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । भारतबाट १२ खर्बको आयात हुँदा १ खर्ब ५५ अर्ब रूपैयाँको निर्यात भएको देखिन्छ ।


ADVERTISEMENT

# # #


यस्तै दोस्रोमा अर्को छिमेकी चीनसँग उल्लेख्य व्यापार घाटा रहेको तथ्यांकले देखाउँछ । १२ महिनाको अवधिमा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड रूपैयाँ बराबरको सामान आयात हुँदा ८० करोड ८७ लाख ५४ हजार रूपैयाँ बराबरको सामान निर्यात भएको छ ।

यस्तै १२ महिनामा सबैभन्दा बढी इन्धन आयात भएको देखिन्छ । २०७८-७९ मा डिजेलमा सबैभन्दा धेरै रूपैयाँ बाहरिएको छ । १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रूपैयाँको डिजेल आयात भएको देखिन्छ ।

यस्तै दोस्रोमा पेट्रोल आयात भएको विभागको तथ्यांकले देखाउँछ । १२ महिनामा पेट्रोल आयातको लागि ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रूपैयाँ बाहिरिएको छ ।