रुपन्देही – इलाका प्रहरी कार्यालय (इप्रका) सालझण्डीले एक युवतीको निजी तस्बिरलाई लिएर ब्ल्याकमेलिङ गर्दै बलात्कारको प्रयास गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १७ वर्षीय गैडहवा १ (परिवर्तित नाम) र २० वर्षीय जगन्नाथ मल्लाह रहेका छन् ।


ADVERTISEMENT


उनीहरुलाई आइतबार बिहान १ बजे सैनामैना नगरपालिका वडा नं ७ देउवापार स्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देही सैनामैनाकी एक युवतीको निजी तस्बिर प्राप्त गरी ब्ल्याकमेल गरेको र युवतीलाई बोलाएर तस्बिर डिलिट गरिदिने नाममा टाढा लगेर बलात्कारकारको प्रयास गरेका थिए ।


ADVERTISEMENT

# # #


पक्राउ परेका उनीहरुबाट ब्ल्याकमेलिङमा प्रयोग भएको स्मार्टफोन र १३ थान कण्डम बरामद गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई जबर्जस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप भई थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताएका छन् ।

यस्तो थियो घटना

साउन ७ गते (शनिबार) इप्रका राती सलझण्डीका इन्सपेक्टर जगन्नाथ मरासिनीसहितको प्रहरी टोलीले गस्ती गरिरहेको थियो । गस्तीकै समयमा रातको १०ः३० बजे सैनामैना नगरपालिकास्थित एक एकान्त ठाउँमा एक १९ वर्षिया युवती हकान्निएर रुँदै गरेको भेटिइन् ।

रातको समयमा एकान्त ठाउँमा रोइरहेको देखेपछि प्रहरीले अलि गम्भीर रुपमा लिएर युवतीलाई सोधपुछ गर्यो । प्रहरीले सोधपुछ गर्ने क्रममा ती युवतीले आफू ब्ल्याकमेलिङमा परेको कुरा प्रहरीलाई बताइन् । एक डेढ वर्ष पहिला आफ्नो मोबाईलमा खिचेका निजी तस्विरहरु प्ष् ल्न् नामको फेसबुक आईडी चलाउने अपरिचित व्यक्तिले फेला पारेको उनले प्रहरीसँग बताइन् ।

युवतीका अनुसार ती अपरिचित व्यक्तिले उक्त तस्बिरहरु युवतीको बहिनी नाता पर्नेलाई केही दिन अघिदेखि नै पठाएर तेरो दिदीको बेईज्जत गरिदिन्छु, फोटो भाईरल गराईदिन्छु, यदि ईज्जत बचाउने हो भने मैँले भनेजस्तो गर्न भनिदे भन्छन्।

त्यसपछि ती युवती आफ्नो ईज्जत जाने डरले अपरिचित व्यक्तिलाई आफ्नो नम्बर दिन बाध्य हुन्छिन् । नम्बर पाएपछि ती व्यक्तिले पटकपटक फोन गरी भेट्न आउने भए आऊ नत्र फोटो भाईरल गराईदिन्छु भनी डर देखाउँछन् । डरधम्कीपछि ती युवती साउन ७ गते साँझ भेट्न जान बाध्य हुन्छिन्।

साँझको पौने ८ बजेको आसपासमा बारम्बार ब्याकमेल गर्ने उनै अपरिचित अनुहारका दुईवटा व्यक्तिहरु भेटिन्छन् र फोटो डिलिट गरिदिन युवतिले बारम्बार अनुरोध गर्छिन । तर, उनीहरुले यहाँभन्दा केही तल आमी भन्ने ठाउँमा एउटा खाली घर रहेको र त्यहीँ पुगेर तस्बिर डिलिट गरिदिने भन्दै करिब रातको ९ बजे अटोमा चढाएर युवतीलाई डेढ दुई कि. मि. तल रहेको कञ्चन गाउँपालिकाको हात्तिबजार भन्ने ठाउँमा लिएर जान्छन् ।

त्यहाँ पुग्ने बित्तिकै हाल पक्राउ परेका युवकहरुले यौन सम्पर्क गर्न नदिएसम्म तस्बिर डिलिट नगर्ने र इज्जत जोगाउने भए यौन सम्पर्क गर्नुपर्ने शर्त राखेर युवतीलाई बजरजस्ती करणीको प्रयास गर्छन् । युवती बलजफ्ती गरेर रुँदै–होहल्ला गर्दै भागेर कलौनि–लुम्बिनी मुलबाटोमा निस्किन्छिन्।

त्यहाँबाट घर जानेक्रममा पुनः ती व्यक्तिहरुले फोन गरेर धम्क्याउँछन् । धम्कीको डरले रोइरहेकी युवतीलाई त्यसपछि प्रहरीले भेटाएपछि उनको उद्दार भएको छ ।