काठमाडौँ – सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा र्‍याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्याडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


रु तीन अर्ब लगानीमा बन्ने १४६ कोठाको सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत हुनेछ । ३० कठ्ठा क्षेत्रफलमा बन्ने यो होटेल नेपालकै फरक परियोजना हुने सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगडले बताए ।

उनले सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने बताए । दुगडले भने, ‘यसमा बेङ्क्वेट छ, मल, सपिङ सेन्टर छ, क्यासिनो, फिल्म हल, जिम, स्वीमिङ पूल, वेलनेस सेन्टरहरु यसमा हुन्छ । अनि नेपालको सबैभन्दा ठूलो बेङ्क्वेट हल पनि यहीँ हुन्छ । त्यसकारण यो नेपालकै एउटा युनिक प्रोजेक्ट हो ।’

प्रदेश १ का महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु विराटनगर नजिकै रहेको र पछिल्लो समय औद्योगिक क्षेत्रका रुपमा समेत विस्तार हुँदै गएको तथा प्रदेश राजधानीसमेत भएकाले विराटनगरमा होटेल खोल्नु उपयुक्त हुने ठहर गरेको उनले बताए । उनले भारतीयसँगको सीमानाका ५ किलोमिटर मात्रै टाढा रहेकाले होटेल भारतीय पर्यटकहरुका लागि गन्तव्य हुने विश्वास व्यक्त गरे ।

र्याडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाले आगामी १० वर्षभित्र २० देखि २० वटा नयाँ होटेल खोल्ने लक्ष्य राखेको र त्यसको सुरुवाट विराटनगरबाट भएको बताए । उनले विराटनगर नेपालको आर्थिक प्रवेशद्वार रहेको र यसले दक्षिण एशिया विशेष गरी भारतलाईलाई राम्रोसँग भएकाले नयाँ होटेल खोल्नुपरेको बताए ।