काडमाडौँ– अर्थ मन्त्रालयले हराएको भनिएको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । बजेट निर्माणको क्रममा १४ जेठमा मन्त्रालयलमा अनाधिकृत व्यक्ति संलग्न गराई करको दर हेरफेर गरिएको भन्ने आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए ।


ADVERTISEMENT


उक्त आरोपको खण्डन गर्दै आएका उनको निर्दाेष प्रमाणका लागि सो समयको सीसीटीभी फुटेज माग्दा प्राविधिक पक्षले डिलीट भइसकेको जवाफ दिएका थिए ।


ADVERTISEMENT

# # #


सो अभिव्यक्तिले थप आलोचित बनेका मन्त्री जर्नादनमाथि आवश्यक छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो । २८ गतेदेखि परिचालन भएको सो समितिलाई काम सुरु गरेको मितिदेखि १० दिनको म्याद दिइएको थियो । तर सो समय अवधिमा काम पूरा गर्न नसकेपछि यही साउन ५ गते पुनः ७ दिनको म्याद थप गरिएको थियो ।

डिलिट भइसकेको भनिएको फुटेज रिकभरका लागि लागिपरेका उक्त टोलीललाई नेपाल प्रहरीको विज्ञ टोलीले अन्ततः जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ ।

एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु रहेका छन् । यद्यपि ती फुटेजहरु राम्रोसँग स्पष्ट नदेखिने धमिलिएकाले स्पष्ट देखिएको छैन । जसकारण मान्छेहरु आउ–जाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिंदैन ।

बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको हार्डडिक्सका बिषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको छ ।

अपरान्हृ ४ बजे बैठक बस्दै समिति

मंगलबार बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा अध्ययन सुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । छानबिन समितिले अर्थमन्त्रालयमा डिलिट गरिएको भनिएको सिसीटिभी फुटेजको वास्तविकता पत्ता लगाउन विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्राविधिक विषयमा थप जानकारी लिन प्रयोगशालाका सम्बन्धित अधिकारीलाई बोलाएको अर्यालले बताए ।

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

प्राप्त क्लिपहरु आजको विशेष समिति बैठकमा सदस्यहरुले हेरेका छन् । केही अस्पष्ट रहेको भन्दै त्यसबारे फरेंक्सिक विज्ञहरुसँग परामर्श गर्ने भन्दै बैठक स्थगित गरिएको छ । समितिको अर्को बैठक आजै अपराह्न ४ बजे फेरि बस्ने तयारी छ ।