काठमाण्डौं-ओखलढुंगामा वाम गठबन्धनले संघीय प्रतिनिधिसभासहित दुई सिटमा विजयी हासिल गरेको छ । प्रतिनिधीसभामा वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार विजयी भए । आइतबार विहान मत गणना सकिँदा सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन् ।


ADVERTISEMENT


उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् । सुनुवारले ५ हजार २ सय ५३ मतले खतिवडालाई पछि पारे । ओखलढुंगामा प्रतिनिधि सभातर्फ ६५ हजार ८ सय २१ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ७८ मत बदर भएको छ ।


ADVERTISEMENT

# # #


प्रदेश सभा क मा एमालेकै अम्बीरबाबु गुरुङ ७ हजार २ मतान्तरले विजयी भइसकेका छन् ।

प्रदेश सभा ख को मत गणना भइरहेको छ । मानेभञ्ज्यांग गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार मोेहनकुमार खड्काले ३ हजार ७ सय ८५ मत ल्याएर अग्रता कायम गरेका छन् । कांग्रेसका प्रदिपकुमार सुनुवारले ३ हजार ७ सय ४१ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ३ सय ८९ मत ल्याए । मत गणना जारी छ ।