काठमाडौं – सिभिल बैंकले इलामको सूर्योदय नगरपालिका–१०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराइलीले गरेकी थिइन् ।


ADVERTISEMENT


बैंकको एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्ने भएको छ ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् ।

बैंकले गत आषाढ मसान्त सम्म ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी  ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।