काठमाडौँ – नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ५ सय ४१ पीसीआर परीक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परीक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय १५ संक्रमित निको हुदा अहिलेसम्म ९ लाख ६९ हजार २ सय १९ जना निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ३६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।