काठमाडौँ – सभामुख अग्नी सापकोटाले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरु पनि गम्भीर हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


संघीय संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक संघीय संसदका महिला सांसदहरुसंगको अन्तक्र्रिया कार्यक्रममा महिला प्रतिनिधित्वको विषय राजनीतिक र कानूनी कुरा भएको भन्दै दलहरु पनि गम्भीर हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उहाले कानूनमा समावेश भएकै कारण मात्रै अनिवार्य महिला प्रतिनिधित्व गराउने प्रवृतिलाई पूर्ण रुपमा अन्त्य गर्नका लागि समाजमा रहेको पुरातनवादी दृष्टिकोणलाई बदल्नुपर्ने धारणा राखे । प्रत्यक्ष निर्वाचनमा महिलाहरुलाई सहभागी गराउन जोड दिने विषय बहुआयामिक भएको र यसका लागि पार्टीले नै जोडबल गर्नुपर्ने उनले बताए । उनले दलगत मतदानमा अरुची देखा पर्नु लोकतन्त्र र व्यवस्थाका लागि समस्या भएको धारणा राखे ।

त्यस्तै उपसभामुख पुष्पा भुसालले आगामी निर्वाचनमा समानुपातिकका साथै प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउनका लागि बहस सुरु गर्न खोजिएको जानकारी दिए । संसदबाटै महिला प्रतिनिधित्वको संख्या बढाउनका लागि पहल सुरु गरिएको उनको भनाई छ ।

त्यस्तै पूर्वसभामुख ओनसरी घर्तीले आरक्षणमात्रै नभएर प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागीता बढाउनुपर्नेमा जोड दिए ।