काठमाडौँ – चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरीमा सञ्चालित केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको छ ।


ADVERTISEMENT


लिमिटेडले शुक्रबार चन्द्रागिरीमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरी हिल्सले कहिलेकाही विद्युत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको हो । पत्रकार सम्मेलनमा चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरी केबलकारमा कहिलेकाहीँ विद्युत आपूर्ति बन्द हुँदा र टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए ।


ADVERTISEMENT

# # #


उक्त समस्या केवलकारको समस्या नभएर बिद्युतका कारण समस्या भएको उनको भनाई छ । ढकालले प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरी केवलकारका बारेमा भ्रम सिर्जना भएको जिकिर गरे । केही कारणले बीचमा नै केवरकार रोकिए यात्रुको स्वास्थ्यमा कुनै असर नपर्ने पनि उनले बताए ।

चन्द्रागिरी हिल्स लिमिटेडले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको र केहि कारणले केबलकार सञ्चालनमा नै आउन नसके मन्दिरमा रहेका व्यक्तिहरुलाई सडकमार्गबाट ल्याउने व्यवस्था पनि गरिएको जनाएको छ ।