काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौंबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात् जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौबाट नगदरहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्नेछन् ।