काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडी प्रदर्शन गर्ने युवाहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


बिधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडी प्रदर्शन गर्ने युथ कांग्रेस आवद्ध युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा सहभागी युवाहरुले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानविन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए ।


ADVERTISEMENT

# # #


नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरु संसद भवनको १ नम्बर गेट अगाडी पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।