काठमाडौं – मङ्गलबारको दिन मङ्गल ग्रहलाई समर्पित गरिएको हुन्छ । मङ्गलबारको दिन सौर्यको सबैभन्दा नजिकको ग्रह मानिने ग्रह पनि मङ्गल नै हो । मङ्गल ग्रहलाई ज्ञान बुद्धि, विवेक र आर्थिक सम्पन्नताको रुपमा समेत लिने गरिएको छ । त्यसैले मङ्गलबारको दिन भगवान गणेशको पुजा आरधनाले जीन्दगीभरि फल प्राप्त गर्न सकिने भएकाले भक्तजनहरुको लागि मङ्गलबारको दिन गणेशको पुजा गर्नु राम्रो मानिन्छ ।


ADVERTISEMENT


विशेष गरेर मंगलबारको दिन गणेश भगवानको पूजा आरधना गर्ने चलन रहेको छ । तर मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले मंगल ग्रहको प्रभावलाई जोगाउनको लागि बुधबारको दिन पनि भगवान गणेशेको पुजा गर्ने प्रचलन रहेको छ । त्यसैले गणेशको पूजा गर्न आवश्यक पर्ने सामाग्रीको बारेमा बताउन गइरहेका छौँ ।


ADVERTISEMENT

# # #


यदि तपाई गणेश भगवानको पूजा गरेर खुसी बनाउन चाहनुहुन्छ भने बिहानै उठेर नुहाएर सफा कपडा लगाएर मन्दिरमा गएर विभिवत रुपमा गणेशको पूजाआज गर्नुपर्नेछ । सख्खर सहित अन्य १२ किसिमका परिकार चढाएर गणेशको पूजा गर्नुपर्नेछ ।

यदि तपाईले भगवान गणेशको लागि पूजा आज गर्दा पनि सोचेजस्तो फल प्राप्त गर्न सक्नुभएको छैन भने बुधबारको दिन गणेशलाई घ्यू अपर्ण गर्नु जरुरी हुन्छ । घ्यू अर्पण गर्दा गणेश भगवान प्रसन्न हुने भएकाले भविष्यमा सोचेभन्दा राम्रो फल प्राप्त हुनेछ । यदि तपाईले पूजा गरेर घ्यू अपर्ण गर्नुभएन भने तपाईले गरेको कार्य अपूर्ण रहनेछ ।

यदि भगवान गणेशको कृपाबाट प्रसन्न हुन चाहनुहुन्छ भने पूजा गर्दा गणेशलाई सख्खरबाट बनेका परिकारहरु गणेशलाई चढाउनुपर्नेछ । विधिवत रुपमा ब्रत बसी भगवान गणेशको पूजा गरेर गणेशलाई मकैको भोग लगाउनुहोस् जसले तपाईंको घरमा अन्न र धन कहिल्यै कमि हुने छैन् । गणेशको पूजा गर्दा अखण्डित चामल मात्र चढाउनुहोस् । अन्यथा गणेशलाई स्वीकार्य हुने छैन् ।

बुधबार गाणेशको ब्रत बसी मुगको दाल दान गर्दा जीवनमा सम्पूर्ण दुख कष्ट नष्ट भएर जानेछ । उक्त दिन मङ्गल ग्रहलाई प्रसन्न बनाउनको लागि भगवती दुर्गाको पूजा गर्नु जरुरी हुन्छ ।