काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेट्दा आफु प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने पहिल्यै जानकारी भएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा डाक्टर द्वाररिकानाथ ढुङ्गेलद्वारा लिखित पुस्तक चक्रव्युहमा जलस्रोत लोकार्पण गर्दै अध्यक्ष ओलीले आफु प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने थाहा हुदाहँुदै पनि देशको पक्षमा आफुले उक्त कदम चालेको बताएका हुन् । देशको पक्षमा काम गर्दा पद छाड्नुको पीर आफुलाई नरहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले एमसीसी सम्झौतालाई आफुले खुल्ला बहसका लागि संसदमा लगेको तर केहिले एमालेले पास गराउन अघि बढाएको आरोप लगाएतको तर्क गरे । उनले राष्ट्रिय हितमा राखेर नेपालले जलश्रोतको फाइदा लिने गरि सम्झौता गर्नुपर्ने बताए । ओलीले नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिने पनि बताए ।

उनले सम्पूर्ण मानव शक्ति र प्राकृतिक जमिन, पानी हावा, हिमाल, पहाड, मधेसको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिए ।