काठमाडौं । एनआइसी एसिया क्यापिटलको छैठौँ वार्षिक साधारणसभा भदौ ८ गते हुने भएको छ । छैठौँ वार्षिक साधारणसभापश्चात् क्यापिटलले  ११ करोड  लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने अनुमान गरिएको छ ।


ADVERTISEMENT


आइतबार सम्पन्न सञ्चालक समितिको ११३औँ बैठकको निर्णयानुसार क्यापिटलमा यस्तो छलफल भएको हो ।


ADVERTISEMENT

# # #


उक्त वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८-०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै सञ्चालक समितिको प्रस्तावबमोजिम चुक्ता पुँजीको ५५ प्रतिशतका दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने कम्पनीले जनाएको छ ।