काठमाडौं – सरकार विरोधी जनप्रदर्शनमा नेपाल खेलकुद महासंघले व्यापक सहभागिता जनाएको छ । सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै नेकपा एमालेद्वारा उपत्यकामा  आयोजित  बृहत् प्रदर्शनमा भातृ संस्थाका तर्फबाट  महासंघले व्यापक सहभागिता जनाएको हो ।


ADVERTISEMENT


महंगीविरुद्ध प्रदर्शनमा महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको सक्रिय सहभागिता रह्यो ।  सोमबार एमालेले महंगीविरुद्ध उपत्यकामा गरेको वृहत् प्रदर्शनीमा  महासंघका तर्फबाट धेरैभन्दा धेरै कार्यकर्ताको सक्रिय सहभागिता देखिन्थ्यो ।


ADVERTISEMENT

# # #


सरकारले महंगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले सोमबार  दिउँसो २ बजेदेखि काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरेको हो ।

केही दिनअघि पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको बैठकले महंगीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठनहरु परिचालन भएका थिए ।

महंगीविरुद्ध प्रदर्शनका लागि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्किएर बसन्तपुरमा पुगेको थियो । महंगीविरुद्ध प्रदर्शन आम सर्वसाधारणको समेत भएका कारण पार्टीसँग आम नागरिक समेत जोडिएको महासंघका केन्द्रीय अध्यक्ष  बस्नेतको तर्क  छ ।