काठमाडौँ – डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट डीटीएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवा मार्फत भुक्तानी गर्न सकिने भएकाे छ ।


ADVERTISEMENT


जस अनुसार डिशहोमका सेवाहरुको भुक्तानी गर्न आईएमई पे, इसेवा, खल्ती र प्रभू पेबाट रिचार्ज गर्न सकिने भएको हो । रिचार्ज गर्दा गर्ने क्रममा आफुले कुन सेवा लिएको हो त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्न डिशहोमले आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


डिशहोम डीटीएच मात्रै प्रयोग गरेको ग्राहकले रिचार्ज गर्दा टिभी सेग्मेन्टमा गएर डिशहोममा क्लिक गरी रिचार्ज गर्न सक्नेछन् । यस्तै डिशहोम फाइबरनेट मात्र चलाउने ग्राहकले इन्टरनेट सेग्मेन्टमा भएर डिशहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सक्नेछन् ।

यस्तै फाइबरनेट डीटीएच कम्बो प्याकेज लिएका ग्राहकहरुले रिचार्ज गर्दा टिभी सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा क्लिक गररेर रिचार्ज गर्न सकिने डिशहोमले जनाएको छ ।

रिचार्ज गर्दा समस्या आए गा्रहक केन्द्र ९८०१५४४०००मा संपर्क गर्न सकिने डिशहोमको भनाई छ ।