काठमाडौँ – नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ७ सय ६२ पीसीआर परीक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टीजेन परीक्षणका क्रममा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप २ सय ९९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।