काठमाडौँ – भारतमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको निर्णयक खेलमा नेपाली टोलीले बंगलादेशसँग १–१ गोलको बराबरी खेलको छ । मंगलबार फाइनल प्रवेशका लागि जित्नैपर्ने खेलमा नेपालले बराबरी खेलेको हो ।


ADVERTISEMENT


बंगलादेशका खेलाडीले फउल गरेपछि तनावपूर्ण बनेको खेलमा १–१ खेलाडीले रातोकार्ड पाएपछि दुबै टोली १० खेलाडीमा सीमित भएका थिए । तर, बंगलादेशका लागि ६३ औँ मिनेटमा मोहम्मद पियास अहमेद नोभाले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


यस्तै नेपालका ६८औँ मिनेटमा सब्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका निरञ्जन मल्लले गोल गर्दै नेपाललाई बराबरीको अवस्थामा पुर्याए ।

लिग चरणको अन्तिम खेलमा बराबरी खेलेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्यून बनेको छ । यता बंगलादेश भने फाइनल प्रवेश गरेको छ । अर्को खेलमा भारतले माल्दिभ्ससँग खेल्दैछ । उक्त खेलमा माल्दिभ्स विजयी भए नेपाल फाइनल पुग्नेछ भने पराजित भए भारत फाइनलमा बंगलादेशसँग भिड्नेछ ।

सुरुवाती दुई खेलमा माल्दिभ्स र श्रीलंकाविरुद्ध शानदार जित निकालेको नेपालले तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार व्यहोरेको थियो ।