काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसंग छलफल भइरहेको दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार भैरहवामा सञ्चारकर्मीसंग कुरा गदै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसंग चुनावी मोर्चा बनाउने बनाए । उनले अहिले नै एमालेसंग एकता नहुने स्पष्ट पारे । आफूसंगको भेटमा एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समााजवादीसंग पार्टी एकता र माओवादीसंग कार्यरत एकता हुन सक्ने बताएको गौतमले बताए ।


ADVERTISEMENT

# # #


उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी जनाउने बताए । गौतमले सधैंभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने तर्क गरे ।