काठमाडौं – सनराइज बैंकले नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्ग एप सनराइज  स्मार्टमा एकीकृत गरेको छ ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रम बिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेस मानसिंह प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरे ।


ADVERTISEMENT

# # #


योसँगै, सनराइज बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपालपे क्युआर र्मचेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, सनराइज बैंकमार्फत क्युअर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायी हरु नेपाल पे कयुआर स्टयाण्डी प्राप्त गर्न पनि सक्नेछन्।

सनराइज बैंकले १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत् सेवा प्रदान गर्दै आएको छ ।