काठमाडौैँ – जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीहरु अब छिट्टै जापान जान पाउने भएका छन् ।


ADVERTISEMENT


बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘स्पेसिफाइड स्किल वोर्कर’ (एसएसडब्ल्यू)प्रणाली मार्फत जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो ।


ADVERTISEMENT

# # #


यसअघि सन् २०१९ मार्चमा एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तरगर्त जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डण्ल कार्यसमिति बनेको थियो । श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहेका छन् । त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ ।

बिहीबार संयुक्त प्रतिनिधिमण्डण्ल कार्यसमिति बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरी मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गरिने बताइएको छ । उक्त विषयमा विस्कृत विवरण भोलीको बैठकपछि दिइने मन्त्रालयले जनाएको छ ।