काठमाडौँ – नेपाल प्रहरीले भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट एकजना यात्रुलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीउ अनुसन्धानको टोलीले शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


विमानस्थलको चेकिङ पार गरेर विमानमा बसिसकेका उनलाई प्रहरीले उड्न लागेको विमान रोकेर नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन । उनी कुन आपराधिक गतिविधिमा संलग्न थिए भन्ने सूचना पनि आउन बाँकी रहेको छ ।


ADVERTISEMENT

# # #