काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताएका छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र काठमाडौँमा केही खेल गराउन सक्ने सङ्केत उनले गरे ।


ADVERTISEMENT


नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आज आयोजित स्पोटर्स डाइलगको पहिलो शृङ्खलामा सदस्यसचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना रहेको बताए।


ADVERTISEMENT

# # #


उनले यसपटक राष्ट्रिय खेलको पहिलो संस्करणदेखि नवौँसम्मका खेलकुदका डाटा सुरक्षित गरिने तयारीसमेत रहेको बताए । यसैगरी सदस्य सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट चीनमा आयोजना हुने १९ औँ एसियाली खेलकुदको लागि खेलाडी छनोटसमेत गरिने बताए। रासस