बाँके – बाँके प्रहरीले दुईमहिनाको अवधिमा विभिन्न अपराधमा संलग्न ३३१ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अनुसन्धान र कैद भुक्तानका लागि प्रक्रिया अगाडि बढाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेको दुई महिना पुगेको अवसरमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार १२ गतेदेखि भदौ १२ गतेसम्मको अवधिमा विभिन्न अपराधमा संलग्न भई दोषी ठहरभएका ५१ जना अभियुक्तबाट २२ वर्ष ९ महिना २७ दिन कैद र ४६ लाख १० हजार ७ सय १० रुपैयाँ जरिवाना असुल गरेको एसपी अधिकारीले बताए ।

अधिकारीले उक्त अवधिमा ८० ग्राम २६० मिलिग्राम ब्राउनसुगर, २०३२ ट्याब्लेट नाइट्राजेपाम, कोरेक्स २६०० मिलिलिटर र ट्रमाडोल ७० ट्याब्लेटसहित २८ जनालाई पक्राउ गरेको र उनीहरुबाट ५ लाख ११ हजार नगद पनि बरामद भएको बताएका छन् ।

त्यस्तै उक्त अवधिमा भन्सार चोरी पैठारी सम्बन्धी घटनामा संलग्नबाट ८३,९३,२८६ । बराबरको समान सहित १६ जना तस्कर पक्राउ गरी भन्सार कार्यालय बुझाएको जनाइएको छ । त्यस्तै उक्त अवधिमा क्वरेन्टाईन नगराईएको पशु पंक्षी तथा माछा मासुसहित ७ जनालाई पक्राउ गरिएको पनि जनाइएको छ । उनीहरूबाट  २,९७,५०० रुपैयाँ बराबरको १९४ वटा बोईलर कुखुरा, ७९०० चल्ला, १ क्वीन्टल मासु,३५ किलो माछासहित ७ जनालाई पक्राउ गरि क्वारेन्टाईन कार्यालय बुझाएको प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै विभिन्न बन्यजन्तुका छाला वा अंगसहित १० जनालाई पक्राउ गरिएको छ । ती मध्ये बाघको छाला ३, रेडपाण्डाको छाला १, भालुको पित्त ४, हातीको दाँत २ सहित १० जनालाई पक्राउ गरि डिभिजन वन कार्यालय बुझाईएको छ ।

प्रहरीले ११ अवैध काठका गोलीयासहित ३ जनालाई पक्राउ गरी डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै प्रहरीले विभिन्न ३ हतियारसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कटुवा पेस्तोल २, भरुवा भन्दुक १, सो लाग्ने छर्रा ३ सहित २ जना लाई पक्राउ गरि कारबाही गरिएको छ । त्यस्तै हालसम्म १६३ मुद्दाका २४१ जना फरार प्रतिवादीलाई पक्राउ गरि कारबाही पनि गरिएको छ । प्रहरीले उक्त अवधिमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २ टिप्पर, ५ टेक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति पठाईएकोमा २,५६,०००जरिवाना गरिएको पनि जनाइएको छ ।

यसलगायत अवस्थामा नरहेको सिसि क्यामेरा मर्मत कार्य सुरु गरिएको पनि एसपी अधिकारीले जनाएका छन् । उक्त अवधिमा विभिन्न अपराधमा संलग्नबाट १ करोड ४० लाख ८४ हजार ४ सय ९६ रूपैयाँ राजस्व संकलन गरिएको पनि प्रहरीले जनाएको छ ।