काठमाडौं –  कुमारी बैंकको नाफामा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ४४ प्रतिशत बढेको हो । बैंकले गत असार मसान्तसम्म खुद २ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ। यो अघिल्लो असारमा १ अर्ब ९७ करोड रुपैयाँमा सीमित थियो। यो ४३.८७ प्रतिशतको वृद्धि हो ।


ADVERTISEMENT


नाफासँगै वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार छ । ६२ प्रतिशत बढ्दा गत आर्थिक वर्षको अन्त्यसम्म बैंकसँग १ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा छ ।


ADVERTISEMENT

# # #


यस अवधिमा बैंकको आम्दानीमा पनि सन्तोषजनक वृद्धि देखिन्छ। २६ प्रतिशतले खुद ब्याज आम्दानी बढेको हो। फी तथा कमिसनमा पनि  सुधार भएको छ । सोही अवधिमा बैंकको कर्जा परिचालनमा पनि ११.२२ प्रतिशतको वृद्धि देखियो। कर्जासँगै जोखिमपूर्ण कर्जाहरु पनि बढेका छन्।

बैंकले यस्ता कर्जाको जोखिम व्यवस्थापन गर्न ५६ करोड २२ लाख रुपैयाँ छुट्याएको छ । पोहोर असारमा यस शीर्षकमा ४७ करोड ५२ रुपैयाँ रकम छुट्याएको थियो । यसका बाबजुद बैंकको संचालन मुनाफा साढे ३२ प्रतिशत बढेको देखिन्छ । निक्षेप संकलन सोही अवधिमा २१ प्रतिशत भन्दा धेरै बढेको छ ।

खुद नाफामा देखिएको वृद्धि प्रति सेयर आम्दानी पनि देखिन्छ । ५ रुपैयाँले बढेर गत आर्थिक वर्षको अवधिमा बैंकको प्रति सेयर आम्दानी १९.२७ रुपैयाँ छ । सो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १४४.०१ रुपैयाँ छ ।