काठमाडौं – एनएमबि बैंकको आर्थिक वर्ष २०७८-७९मा नाफा ३६.५३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुदनाफा गरेको छ ।


ADVERTISEMENT


अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ।


ADVERTISEMENT

# # #


बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेको छ।

बैंकको प्रतिशसेयर आम्दानी ३ रुपैयाँ ५५ पैसा बढेर २० रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १८ अर्ब ३६ करोड पुगेको को छ भने जगेडा कोष १६.०६ प्रतिशत बढेर ६ अर्ब ४४ करोड पुगेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.३७ प्रतिशतले बढेर १८४ अर्ब र कर्जा १६.४१ प्रतिशतले बढेर १७५ अर्ब पुगेको छ।