काठमाडौं – मुक्तिनाथ विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको अन्त्यसम्ममा १८.४७५ ले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको सोही अवधिमा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।


ADVERTISEMENT


असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २१.०८५ र सञ्चालन नाफा १९.५०५ ले बढेको छ । जसका कारण खुद नाफामा सुधार आएको हो । बैंकको रिजर्भ कोषमा पनि ४४.३६५ सुधार हुँदै १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा छ ।


ADVERTISEMENT

# # #