काठमाडौँ – सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


मन्त्रिपरिषद्ले एकैचरणमा निर्वाचन गर्नेगरी मिति तोकेको हो । २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ गरी दुई चरणमा निर्वाचन सम्पन्न भई हाल कायम रहेको प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी मंसिरमा सकिँदैछ । हालको प्रनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुअगावै निर्वाचन हुने भएको छ ।


ADVERTISEMENT

# # #


यसअघि निर्वाचन आयोगले पनि मंसिर पहिलो हप्ता नै गर्नेगरी निर्वाचनको मिति तोक्न गर्न सरकारलाई सुझाव दिएको थियो । पाँच दलीय सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकमा समेत मंसिर ४ मै निर्वाचन गर्न सहमति जुटेको थियो ।