काठमाडौँ – अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी सरुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।


ADVERTISEMENT


आफ्नो सरुवा गरिदिन गरेको आग्रह अनुसार नै मरासिनीको सरुवा गरिएको हो । बजेट निर्माणका बेला अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँगै मरासिनीको पनि आलोचना भएको थियो ।


ADVERTISEMENT

# # #


आलोचनापछि मरासिनी असार २२ गते बिदामा बसेका थिए । तर, अर्थमन्त्री शर्माले राजीनामा दिएपछि उनी मन्त्रालयमा फकिएका थिए । तर, साउन १५ गते जनार्दन शर्मा सफाई पाएर पुनः अर्थमन्त्री बनेपछि मरासिनी बिदामा बसेका थिए ।