काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वर्तमान प्रदेशसभा र प्रतिनिसधिसभाको कार्यकाल आगामी मंसिर २१ गतेसम्म नै रहने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदाधवधि मंसिर २१ सम्म रहने बताएका हुन् ।


ADVERTISEMENT


वि.स. २०७४ मङ्सिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचन भएको र सोही मंसिर २१ लाई आधार मान्दा हाल कायम रहेका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आउँदो मंसिर २१ गतेसम्म नै रहने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।


ADVERTISEMENT

# # #


‘आयोगले आफनो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका थियौं’ उनले भने, ‘आयोगले ५ पेजको डकुमेन्ट परामर्शको रुपमा पेश गरेको छ आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ ।’

यद्दपी प्रतिनिधिसभा र प्रदेशसभाको पदमा उम्मेदवारी दिएपछि सांसदको पद भने उम्मेदवारी दिनु अघिल्लो दिनबाटै स्वतः समाप्त हुने उनले जनाए । प्रमुख आयुक्त थपलियाले दशैँ सकिएलगत्तै उम्मेदवारी दिनेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते गर्नेगरी निर्वाचनको मिति तोकेको छ ।