काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावमा उठेर विजयको डङ्ग बजाउने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यसको सामाना गरेर, चुनावमा उठेर विजयको डङ्ग बजाएर आउने बताएका हुन् । उनले राजनीति छाड्न खोजेपनि परिस्थितिले छाड्न नदिएको र केही वर्ष सक्रिय हुने जिकिर गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष नेपालले आगामी चूनावको मिति घोषणा भइसकेको अवस्थामा गठबन्धन कायम रहदैन कि भन्ने आशंका नगर्न आग्रह गरे । गठबन्धन दलहरु मिलेर नै चुनावमा जाने घोषणा शुक्रबार गरिने उनले जानकारी दिए । उनले समाजवादीले गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बनाउने जिकिर गरे ।

कांग्रेसलाई आफु ठूलो दल भएको दम्भ देखिएकाले तेस्रो मोर्चा आवश्यक रहेको उनले बताए । उनले अर्काको अस्तीत्व नै स्वीकार नगर्ने एमालेसंग कुनै हालतमा सहकार्य नहुने पनि धारणा राखे ।

कार्यक्रममा अध्यक्ष नेपालले डा. ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक नेकपा एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म विमोचन गरेका थिए ।