शरीरमा विभिन्न आवश्यक तत्वहरुमध्ये भिटामिन डि पनि एक हो । यो एन्टिभाइरल प्रभावकारी संयन्त्रलाई सघाउ पुर्‍याउने भिटामिनको रुपमा परिचित छ । यसमा माइक्रोबायल (सुक्ष्मजिवाणु) पेप्टाइड्स तथा अटोग्राफी(शरीरको आफ्नै टिस्यु खपत गर्ने) दुवै तत्व समावेश भएको हुन्छ । यस्तै, भिटामिन डिलाई शरीरको नियमितता एवम् प्रतिरक्षा स्वास्थ्य सुधारका लागि पनि अत्यन्त महत्वपुर्ण मानिन्छ ।


ADVERTISEMENT


अर्काे शब्दमा भन्नुपर्दा, शरीरका विभिन्न अंगहरुलाई सुन्निनबाट बचाउन तथा नियमित प्रतिरक्षा संयन्त्रलाई सक्रिय गराउनमा यसको भुमिका महत्वपुर्ण रहन्छ । यी प्रतिरक्षा संयन्त्र हाम्रो शरीरलाई अन्य रोग तथा संक्रमणहरु बाट बचाउनका लागि अग्र स्थानमा रहेका हुन्छन् ।


ADVERTISEMENT

# # #


भिटामिन डिको कमी भएमा देखिन्छन् यस्ता समस्या

भिटामिन डिको स्तर कमी भएमा शरीरमा विभिन्न रोग, संक्रमण तथा प्रतिरक्षा प्रणालीका विकारहरु देखिन थाल्छन् । उदाहरणका लागि प्रायजसोः भिटामिन डिको कमीका कारण व्यक्तिमा प्रत्यक्ष रुपमा क्षयरोग, दम तथा सिओपिडि (क्रोनिक अब्सट्रक्टिभ डिजिज) जस्ता विविध किसिमका श्वासप्रश्वास सम्बन्धिका रोगहरु देखापर्दछ ।

यसले के पुष्टि गर्छ भने, शरीरमा देखिने श्वासप्रश्वास सम्बन्धिका विविध रोगहरु विरुद्व लड्नका लागि पनि हाम्रो शरीरमा भिटामिन डिको स्तर स्वस्थ रहन आवश्यक पर्दछ ।

कोभिडबाट बच्नका निम्ति पनि उत्तिकै प्रभावकारी

भिटामिन डि शरीरका लागि अत्यावश्यक तत्व भएता पनि बिरामीहरुमा यसको महत्वप्रतिको ज्ञान कम अथवा सिमित नै रहेको देखिन्छ । तर, भर्खरै मात्र गरिएको पछिल्लो अध्ययनललेभिटामिन डिले सार्स–कोभ–२(कोभिड–१९)संक्रमणका कारण नाकका इपिथायल कोषिकामा २५(ओएच) डि(स्टेरोइड हार्माेन अथवा भिटामिन डिको सक्रिय जैविक मेटाबोलाइट) मा संक्षिप्त रुपमा निरोधात्मक प्रभाव पार्ने देखाएको छ ।

यसबाहेक भिटामिन डिले विभिन्न श्वासप्रश्वास संक्रमण विरुद्व प्रतिरक्षा रोगसम्बन्धिको प्रतिक्रियालाई नियमित गराउने गरेको समेत देखाएको छ । यस्तै अर्काे अध्ययनबाट के पनि पुष्टि भएको छ भने, रगतमा भिटामिन डिको स्तर उपयुक्त रहेमा यसले कोभिड–१९ बाट व्यक्तिमा पर्ने प्रतिकुल प्रभाव एवम् यसबाट देखिने घातक परिणामलाई कम गराउन मद्दत गर्छ ।

२५(ओएच) डिको मात्रा शरीरमा ३० एनजी/एमएल रहमा त्यसलाई भिटामिन डिको मात्रा उचित अवस्था रहेको मानिन्छ । यसबाहेक ४० वर्षभन्दा माथिका उमेर समूहमा भिटामिन डिको उचित स्तरले अर्धचेत हुने, हाइपोक्सिया तथा मृत्यु हुनेजस्ता गम्भीर स्वास्थ्य अवस्थाको सम्भावनालाई कम गराउँछ ।

कैयौँं युरोपिन राष्ट्रहरुमा गरेको यसप्रकारको अध्ययनले २५(ओएच) डिको सन्दर्भमा रहेको राष्ट्रिय अनुमान अनुरुप २५(ओएच) डिका सम्बन्ध बायोमार्कर तथा कोभिड–१९ संग जोडिएको संवेदनशिलता, गम्भीरता एवम् मृत्युदरबीच समानान्तर सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

भर्खरै मात्र गरिएको अर्काे अध्ययन अनुसार, १४ राष्ट्रमा उपयुक्त भिटामिन डि पूरकको सेवन गरिरहेका ११ हजार ३ सय २१ व्यक्तिहरुमा तीव्र श्वासप्रश्वासजन्य संक्रमण(एआरआई) जोखिमको सम्भावनालाई कम गराएको छ ।

अन्ततः कोभिड–१९ का प्राणघातक परिणामका जोखिमलाई कम गर्नका लागि भिटामिन डि एक उपयुक्त वरदानको रुपमा सावित हुन सक्दछ । कोरोनाको यस महामारीमा भएका मृत्युदरलाई नियाल्ने हो भने, तीमध्ये अधिकांश व्यक्तिहरु निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धिका रोगबाट शिकार भएका व्यक्ति समूह रहेको देखिन्छ ।

भिटामिन डि पूरकका चुनौतीहरु

कोभिड–१९ बिरामीहरुमा भिटामिन डि पुरकहरुको स्तर उचित राख्नका लागि सबैभन्दा पहिलो चुनौती भनेकै बिरामीहरुले हाइपर– इन्फ्लेटरीको गम्भीर अवस्थामा पुगेपछि मात्रै स्वास्थ्य उपचारको खोजी गर्नु हो ।

त्यस्तै, सुक्ष्म– पोषक तत्व भिटामिन डि तथा डेक्सामेथासन(स्टाण्डर्ड एन्टि इफ्लेटरी) जस्ता वृहत् पोषक तत्व स्वास्थ्य प्रदायकहरु गम्भीर रोगहरुमा प्रयोग गरिदा यसको सकरात्मक परिणाम सहजै देखा नपर्नुलाई पनि यसको अर्काे चुनौतीको रुपमा लिइन्छ ।

शरीरमा भिटामिन डिको मात्रा कति उचित ?

शारीरिक संरचना अनुसार, रगतमा भिटामिनको डिको मात्रा ३०–६० एनजी/एमएल बीच रहनु नै उचित स्तर हो । अथवा, अन्य एकाई अन्र्तगत भने यसलाई ७५–१५० एनएमओएलमा मापन गरिन्छ ।

तसर्थ दैनिक रुपमा प्रयोग गरिने भिटामिन डि को पूरक अधिकांश व्यक्तिका लागि १ हजारदेखि ४ हजार आईयु पर्याप्त मानिन्छ । यद्यपि निश्चित रुपमा भिटामिन डिको स्तर अत्यन्त न्युन भएका व्यक्तिहरुका हकमा भने उचित स्तरमा ल्याउनका लागि यसको आवश्यकता अझ केहि बढि मात्रामा पर्न सक्छ ।

यसका लागि व्यक्तिले अण्डा, च्याउ, हरियो केराउ, सालमोन, टुना माछा तथा दूधजन्य परिकारहरुको प्रयोग गर्न सकिन्छ ।