काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ ९अगस्ट ९ देखि ११० गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेको मन्त्रालयले आज जनाएको हो ।


ADVERTISEMENT


दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको छिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नेछन् ।


ADVERTISEMENT

# # #


मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ । रासस