काठमाडौँँ– लक्ष्मी क्यापिटलको ‘शुभ लक्ष्मी कोष’ योजना बिक्री खुलेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सो कोष क्यापिटलले १९ साउनदेखि खुला गरेको हो ।


ADVERTISEMENT


यसअघि नै दुई वटा म्युचुअल फण्ड जारी गरिसकेको क्यापिटलले बिहीबार तेस्रो फण्ड जारी गरेको हो ।


ADVERTISEMENT

# # #


कोष प्रवर्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको म्युचुअल फण्डको अवधि नरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, उक्त योजना खरिदका लागि १ सय इकाईदेखि ५० लाख इकाईसम्म सकिन्छ । फण्डको इकाईमा छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँका दरका ५ करोड इकाईमध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई, ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गरेको हो ।

यसअघि पहिलो वर्ष ३७ प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत, तेस्रो वर्ष ४३ प्रतिशत, चौथो वर्ष ४७ प्रतिशत र पाचौं पटक भने ५१ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ ।