काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक बर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय जनसांस्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक बर्ष बिदेशी मुद्राको सञ्चिती शुन्य अवस्थामा पुग्ने र मुलक श्रीलंकाको बाटोमा जाने बताएका हुन् ।


ADVERTISEMENT

# # #


मुल्यबृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रुपमा असफल भएको उहाले बताए । यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको बिकास सम्भव नरहेको उनको भनाई छ । महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चूनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे । उनले सत्ताको बिरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दावी गरे ।

पोखरेलले समाजलाई बाटो देखाउने सामथ्र्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए ।