काठमाडौं – आईडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । स्टुडियोले बिहीबार काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गरेर आवेदन खुलाएको घोषणा गरेको हो ।


ADVERTISEMENT


नेपाली समाजको रुपान्तरण र व्यवसायीकताको प्रवद्धधनमा क्रियाशिल आईडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आईडियासहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरुलाई लक्षित गरी कलेज आईडिया हन्ट २०२२ को आयोजना गरेको हो । वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधानसहितका आईडिया भएका विद्यार्थीहरुले कलेज आईडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


‘कलेज आईडिया हन्टमा प्राप्त आईडियाहरुमध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्बन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरीनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

कलेज आईडिया हन्ट २०२२ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०७९ भदौ १९ गते सम्म आवेदन दिन सक्नेछन् । विद्यार्थीहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि  लिंक मा गएर हेर्न सक्ने छन् ।

कार्यक्रममा राष्ट्र्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा गंगाराम विश्वकर्मा, वल्र्ड वाईल्डलाइफ फण्ड नेपालका (डब्लुडब्लुएफ) दश प्रतिनिधि डा घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामा , कलेज आइडिया हन्ट २०१९ का बिजेता जोसेप श्रेष्ठ, आईडिया स्टुडियो सिजन ४ की आईडिएटर आङ डोल्मा शेर्पा, विद्यार्थीहरुलगायत विभिन्न विशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।