काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विचार मिल्नेसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


शनिबार काठमाडौंमा बसेको पार्टीको पहिलो केन्द्रीय समितिको पूर्ण बैठकले मंसिर ४ मा हुने संघीय र प्रदेश सभा चुनावमा भाग लिने पनि निर्णय गरेको छ।


ADVERTISEMENT

# # #


चुनावमा विचार मिल्ने र मुद्दा मिल्ने पार्टीहरूसँग आवश्यकताका आधारमा तालमेल गर्ने पनि बैठकको निर्णय छ।

‘निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्न सक्ने निर्णय पनि गरेको छ,’ बैठकपछि अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समाजवादी पार्टीमा महेन्द्र राय यादव पनि अध्यक्ष छन्। यो पार्टीको केन्द्रीय कार्यालय भने कोटेश्वरमा रहेको विज्ञप्तिमा उल्लेख छ।