काठमाडौं – गायिका सोफिया थापाको आवाजमा ‘आवाज’ नामक गीत सार्वजनिक भएको छ । महिलाहरुले आफ्नो हितको आवाज खोज्दै अभिव्यक्ति दिनुपर्ने आवश्यकतालाई महसुस गर्दै गीत सार्वनजनिक गरिएको गायिका थापाले बताएकी छन् ।


ADVERTISEMENT


गीतमा कवि एवम् गीतकार रमेश क्षितिजका शब्दहरु रहेका छन् । गीतकार  क्षितिजले  ‘नो ब्रत’ गीत सुनेपछि प्रभावित भएर गीतका शब्दहरु  उपलब्ध गराएको गायिका थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । यसै गरी   गीतमा  हरि लम्सालको संगीत रहेको छ ।  नायिका शोभिता सिम्खडाले दृश्यमा समेटिएकी छन् भने  ग्राफिक्स भरत रेग्मीको रहेको  छ ।


ADVERTISEMENT

# # #


गायिका थापाले  सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘महिला जन्मिदैन, बनाइन्छ’ सिमोन द बौउआर  (पुस्तक द सेकेन्ड सेक्सको लेखक) को भनाइसँग सहमति राख्दै महिलाहरुले अब आफ्नो हितको आवाज खोज्दै अभिव्यक्ति गर्नुपर्ने आवश्यकता बढेको छ। महिलामाथि हुने अन्याय ,शोषण, हिंसा र षड्यन्त्रको चेत महिलाहरुले नै नगरुन्जेल महिलाको हितमा परिस्थिति बदलिने छैन भन्ने विश्वाशका साथ मैले आज मेरो आवाजमा नयाँ गीत ”आवाज” यहाँ माझ ल्याएको छु । तीजको समय नजिक आउँदै गर्दा यो गीत रिलिज गरेको छु । महिलाले आफ्नो पर्व स्वतन्त्रता पूर्वक मनाउन स्वयंम् महिलाले आफ्नो यतार्थतालाई पहिले बदल्न सक्नुपर्छ। यही उदेश्यका लागि मैले केही समय अघि ‘अब को तीज नो ब्रत प्लिज’  भन्ने गीत ल्याएको थिएँ ।  म आफ्ना गीतहरुबाट महिला मुक्तिका लागि सधैं संघर्ष गरिरहेको छु र गर्ने छु । मेरो तीजको गीत ‘नो व्रत’ सुने पछी कवि रमेश क्षितिजज्युले मलाई यो गीतका शब्द उपलब्ध गराउनु भएको थियो भने यो गीतमा संगीत हरि लम्सालले गर्नु भएको छ । नायिका शोभिता सिम्खडाले दृश्यमा बिशेष उपस्थिती जनाउनु भएको छ । ग्राफिक्स भरत रेग्मीले गर्नु भएको छ ।’

यस्तो छ गीत