काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफु सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरु नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ती जनाएकी हुन् । उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


उनले एउटै पार्टीमा रहेका व्यक्तिबीचको विचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरिन् । उनले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै विकास निर्माणका बिषयमा बिभिन्न नीतिहरु परिमार्जनको प्रयास गरेको बताइन् ।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस विषयमा पनि आफू मन्त्रालयमा रहदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखिन् ।