काठमाडौँ – नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ८ सय ६२ पीसीआर परीक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ४ सय ८९ एन्टीजेन परीक्षणका क्रममा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७२ जनाको मृत्यु भइसकेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ४ सय ७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ९ सय ६७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ८६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।