काठमाडौँ – केन्यासंगको दिपक्षीय क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


घोषण गरिएको टोलीमा यसअघिको भन्दा केही परिवर्तन गरिएको छ । जस अनुसार लामो समयदेखि टोली बाहिर रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । यस्तै युवा खेलाडी अर्जन साउँदले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । क्यानले उनलाई विकेटकिपर ब्याट्सम्यानको विकल्पका रुपमा स्थान दिएको हो ।


ADVERTISEMENT

# # #


यस्तै युवा खेलाडीद्वय शाहब आलम र विवेक यादवले समेत पुनरागमन गर्दा टोलीका नियमित ओपनर कुशल भुर्तेल, विकेटकिपर विनोद भण्डारी टोलीमा अटाउन असफल भएका छन् ।

खेल तालिका सार्वनिक

यससँगै नेपालको केन्याविरुद्धको सिरिजको खेलतालिका समेत सार्वजनिक भएको छ । नेपालले केन्यासंग ५ टी–२० अन्तर्राष्ट्रिय र ३ एकदिवसीय खेल खेल्नेछ । जस अनुसार नेपाल र केन्याले पहिलो खेल २५ अगस्टमा खेल्नेछन् । अन्तिम अर्थात पाँचौँ टी–२० अन्तर्राष्ट्रिय खेल ३० अगस्टमा हुनेछ ।

यस्तै पहिलो एकदिवसीय खेल २ सेप्टेम्बरमा हुनेछ भने अन्तिम अर्थात तेस्रो खेल ५ सेप्टेम्बरमा तय भएको छ ।

नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आशिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बासिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव ।

वैकल्पिक खेलाडी: 
जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी, हरिशंकर शाह ।

टी-२० अन्तर्राष्ट्रिय खेल तालिका : 
पहिलो खेल – नेपालविरुद्ध केन्या – अगस्ट २५
दोस्रो खेल – नेपालविरुद्ध केन्या – अगस्ट २६
तेस्रो खेल – नेपालविरुद्ध केन्या – अगस्ट २८
चौथो खेल  – नेपालविरुद्ध केन्या – अगस्ट २९
पाँचौँ खेल – नेपालविरुद्ध केन्या – अगस्ट ३०

एकदिवसीय खेल टालिका: 

पहिलो खेल – नेपालविरुद्ध केन्या – २ सेप्टेम्बर
दोस्रो खेल – नेपालविरुद्ध केन्या – ३ सेप्टेम्बर
तेस्रो खेल – नेपालविरुद्ध केन्या – ५ सेप्टेम्बर