काठमाडौं –  महिला बुझ्नै नसकिने प्राणी हो भन्ने अंग्रेजीमा एउटा भनाई पनि छ “वुमन इज अ फराइन ल्याण्ड”। महिलाले साँच्चिकै जीवनमा के चाहन्छन् ? त्यो पनि २० वर्षको  उमेरमा ?


ADVERTISEMENT


महिलाले के चाहना राखेका हुन्छन् भन्ने आफैंमा अनुत्तरित प्रश्न भए पनि महिलाले  टिनएजमा केही निश्चित चिजहरु चाहन्छन् । जस्लाई तपाईं हामीले उनीहरुको सामान्य व्यावहारबाट पनि थाहा पाउन सक्छौँ ।


ADVERTISEMENT

# # #


स्वतन्त्रता

२० वर्षको कलिलो उमेरमा महिलाले धेरै चाहाने भनेको स्वतन्त्र रहनु नै हो । तिनीहरु एक्लै बस्न र जे आफ्नो मनमा लाग्यो त्यही गर्न चाहान्छन् । केही समयसम्म आफ्नो अभिभावकको अनुशानमा रहे पनि आत्मनिर्भर भइसकेपछि भने त्यो उनीहरुका लागि भारी महसुस हुन्छ । यो उमेर करिब बिहे हुने बेलाको उमेर भएकोले उनीहरुले बिहे पछिको बन्धनको समयको लागि रेस्ट टाइमको रुपमा पनि यसलाई लिन्छन् ।

धन र पैसा

राम्रो कमाई हुने जागिर मानिसको स्वतन्त्रता सँग पैसाको पनी महत्वपुर्ण भुमिका रहेको हुन्छ । पैसा भएन भने मानिसले प्राय जतिसुकै सुख प्राप्त भएपनि सन्तुष्टि भने मान्दैन । २० वर्षको टिनएज टाइममा पनी महिलाले चाहने भनेको पैसा नै हो । र त्यसका लागी राम्रो आन्मदानी हुने जागिर उनीहरुले खोजिरहेका हुन्छन् ।

माया 

माया प्रत्येक महिलाले जीवनमा धेरै भन्दा धेरै चाहाने भनेको माया नै हो । २० बर्षको तातो उमेरमा उनीहरुको इच्छा आफूले कसैलाई माया गरेपनि नगरेपनि आफूले भने माया पाउनैपर्छ भन्ने हुन्छ । उनीहरुले राम्रो प्रेमीको  निकै ठुलो अपेक्षा गरिरहेका हुन्छन् । जस्ले जीवनमा कहिल्यै धोका नदेओस ।

साँचो मित्र 

साँचो मित्र साथि त्यो पनि मन मिल्ने यो अवस्थाको उनीहरुको अर्को महत्वपूर्ण चाहाना हो । सबैलाई साथी बनाउन सकिँदैन र बनेको साथीले सत्य कुरा बोल्दैनकि भन्ने डर उनीहरुमा हुन्छ । जोसँग आफ्ना सबै कुराहरु सेयर गर्न सकियोस् । त्यो कुरा सँधै सेक्रेट रहोस् । यो उनीहरुको अर्को चाहाना हो ।

महंगा सामान

२० वर्षको उमेरमा महिलाहरुको तीब्र इच्छा भनेको महंगा कस्मेटिक्सका सामानहरु खरिद गर्नुमा हुन्छ । उनीहरुले आफ्ना साथीहरुलाई देखाउन पनि यस्ता सामानहरु किन्ने र प्रयोग गर्ने प्रयास गरिरहेका हुन्छन् । आफ्नो पारिवारिक स्थिती मजबुत भएको देखाउन र सुन्दर हुनपनि उनीहरुले यो कुरामा बढी ध्यान दिने गरेको पाइन्छ । पैसा र राम्रो आम्दानी हुने जागिर खोज्नुको कारण पनि यही  नै हो ।

कार

कार प्राय आधुनिक महिलाले इच्छा व्यक्त गरेपनि नगरेपनि कार चढ्ने सपना उनीहरुमा हुन्छ । त्यो काम छिटो छरिटो सम्पन्न गर्ने उद्देश्य उनीहरुमा रहेको हुन्छ । त्यसका लागि उनीहरु परिरश्रमका लागि तयार भएका हुन्छन् ।   कतिपयले भने सौखको रुपमा पनि यस्तो इच्छा गरिरहेका हुन्छन् ।

घर

घर किन्ने भन्ने कुरा त्यति सामान्य कुरा होइन । तर २० वर्षका महिलाले यस्तो असामान्य इच्छा पनि उनीहरुमा हुन्छ । मानिस ४० वर्षको नपुगिकन एउटा कार चढ्ने र घर किन्ने हैसियितमा पुगिसकेको हुँदैन । आत्मनिर्भर भएको देखाउन पनि उनीहरुले एउटा आफ्नो निजी घरको इच्छा व्यक्त गरिरहेका हुन्छन् ।

बगैँचा

घरसँगै कतिपय महिलाहरुको सुन्दर गार्डेनको पनि इच्छा हुन्छ । फुलहरु सहितको गार्डेन र त्यसको स्याहार सुसारमै समय बिताउने सपना उनीहरुको हुन्छ । चिटिक्क परेको बगैँचामा सधैँभरि काम गर्न उनीहरु रुचाउँछन् ।

बच्चा

धेरै महिलाको इच्छा बच्चा जन्माउने र उसैसँग समय बिताउने हुन्छ । सामान्यतया २० वर्षको स्वतन्त्र उमेरमा उनीहरु केटाकेटीसँग झन्झट महसुस गर्छन् भन्ने विश्वास छ । तर त्यो गलत हो । उनीहरुले कहिल्यै व्यक्त नगरे पनि आमा हुने रहर उनीहरुलाई यही उमेरदेखि सुरु हुन्छ ।

सहयोग

यो उमेरमा महिलाहरुले अरुलाई परेको सहयोग गर्न चाहान्छन् । जस्ले गर्दा उनीहरुले माया पाउन सक्छन् । र आफुलाई परेको बेलामा पनि कसैले सहयोग गरिदियोस् भन्ने चाहाना उनीहरुको हुन्छ ।

जनावर

उनीहरु यो उमेरमा एक्लै बस्न र सोचिरहन चाहान्छन् । साथी भने सेयरिङको लागी मात्रै हो भन्ने उनीहरु सोच्छन् । उनीहरु अरु कोही भन्दा पनि बरु घरपालुवा जनावरहरु जस्तै कुकुर, परेवा, बिरालो, खरायो आदि जस्ता जनावरसँग रहन रुचाउँछन् ।

यात्रा

यात्रा गर्ने प्राय धेरै मानिसको रहर हुन्छ । त्यसैमा २० का महिलाहरुमा यस्तो रहर अरुभन्दा अझै बढी हुन्छ । धेरै कुराहरु जान्न, धेरै ठाउँहरु घुम्न, माया प्रेमका कुराहरु सेयर गर्न र यात्रामा सहज हुने भएर पनि उनीहरुले यात्रा गर्न मन पराउँछन् ।