काठमाडौं – बञ्चरेडाँडा र सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई बीच बाटोमै रोकिदिएका छन् । स्थानीय नागरिक र स्थानीय राजनीतिक दलले अवरोध गरेका हुन ।


ADVERTISEMENT


स्थानीय नागरिकले भदौ १ गतेदेखि सधैंका लागि फोहोर लैजान नदिने घोषणा गरेका छन् । आइतबार सत्तारुढ तीन दलका नेताले धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति जारी गर्दै बञ्चरेडाँडामा सधैंका लागि फोहोर लैजान नदिन पत्राचार गरेका थिए ।


ADVERTISEMENT

# # #


आइतबार बाख्रा मारेको र बाटोमै फोहोर खसालिदिएको भन्दै स्थानीयले फोहोर लैजना अवरोध गरेका थिए । अवरोधकैबीच २५ वटा ट्रक मात्रै स्यानिटरी ल्याण्डफिल साइटमा पुगेका थिए ।

साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले आज बिहानै काठमाडौंको फोहोर बोकेर गएका गाडी बाटोमै रोकिएको बताए ।