काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै संसदबाट पारित गरि प्रमाणीकरणका लागि पठाउने सहमति गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई संसदमा तत्काल प्रक्रिया अघि बढाई पारित गरेर पुन प्रमाणीकरणका लागि पठाउने सहमति गरेको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


संविधान बमोजिम संसदले पुन विचार गरी प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नेपर्ने संवैधानिक व्यवस्था रहेको उनले बताए । यसअघि संसद्ले साउन १५ गते पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते सुझावसहित पुनः विचारका लागि फिर्ता पठाएकी थिइन् ।

त्यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा सरोकारवालाहरुसंग छलफल गरि आएका सुझावका आधारमा संशोधन गरी अघि बढाउने सहमति भएको काकीले जानकारी दिए । उनले शान्ति प्रक्रिया तथा मेलमिलापका बाँकी विषयहरुलाई सदाका लागि अन्त्य गर्नेगरी उक्त विधेयकलाई अघि बढाईने बताए ।

यस सम्बन्धमा कानूनमन्त्रीले गहन रुपमा छलफल गरिरहेको र त्यसलाई मध्यनगर गर्दै सत्य निरूपण तथा मेलमिलापका विषयलाई सदाका लागि अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको कार्कीले बताए ।