काठमाडौं – ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ। सेवाको सुरुवातसँगै बैंकका नयाँ ग्राहकले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्न्नेछन्।


ADVERTISEMENT


बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन। नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।

यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहकहरू, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाईसी सेवा मार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन्।

बैंकको ७७ वटै जिल्लामा २८९ शाखा छन्। देशभर २७० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत छन्। ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा दिइरहेको बैंकले जनाएको छ।