काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रुपान्तरणको काम आफैबाट सुरु गर्न पार्टीका नेताहरुलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीलाई अघि बढाउन एक व्यक्ति मात्रै रुपान्तरण भएर नपुग्ने भन्दै रुपान्तरणको सुरुवात आफैबाट गर्न पार्टीका नेताहरुलाई सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले नेताहरुले आफ्नो भनाई र गराई लाई एकतारुपता ल्याई अन्तरविरोधलाई हल गर्नुपर्ने बताए समाजवादीको विचारलाई विकसित गर्ने र समाजवादी क्रान्तिको नयाँ रणनीति बनाउनका लागि बाम आन्दोलनको पुन ध्रुविकरण गर्ने मै जोड रहेको र विभिन्न कोणबाट छलफल भइरहेको उनले जनाए । अहिले पार्टी पंङ्गी आगामी निर्वाचनको तयारीमा लागेको बताउँदै प्रचण्डले गठबन्धनभित्र पनि तीव्र रुपमा छलफल भइरहेको जानकारी दिए ।

प्रचण्डले विचारको विकास नगरिकन अवको दुनियामा समाजवादी क्रान्तिलाई अघि बढाउन नसकिने धारणा राखे । उनले बिचारको संलेषण गरेर आगामी महाधिवेशन छिटै गर्ने पनि जनाए । रामवृक्ष यादवको धनुषास्थित जनयुद्ध तयारीका क्रममा २ भदौ २०५१  मा हत्या भएको थियो ।